जाजरकोट भेरी नगरपालिका वडा नं १, कोल्चौर निबासी दर्सना राना मगर एक मेहेनती कृषक हुन । उनको परिवारको आय-आर्जनको मुख्य श्रोत कृषि व्यवसाय हो ।आफनै बारीको उब्जनीले वर्षभरी छाक टार्न धौधौ भएपछि उनका श्रीमान पैसा कमाउने र परिवारको अहिलेको अवस्थामा सुधार ल्याउने उद्देश्य बोकेर विदेशिन्छन् । अर्काको मुलक त्यँहा पनि सोचेजस्तो काम नपाएपछि रित्तो सपना बोकेर फेरी आफ्नै देश फर्किन्छन् । दर्सना र बिर बहादुरका २ छोरि छन् | उनीहरु नजिकैको सरकारी स्कूलमा जेठी छोरी कक्षा ५ मा र कान्छी छोरी ३ कक्षामा पढ्दैछन् |
कृषि पेशालाई नै आम्दानीको प्रमुख श्रोत बनाएका दर्सना र बिर बहादुरले परम्परागत किसिमले कृषि व्यवसाय गरी दैनिक गुजरा चलाउन पनि मुस्किल परेको कुरा सम्झिन्छन् | सुरुमा त दैनिक छाक टार्न पनि धौ-धौ हुने गरेको उनले सुनाईन् । बि.सं.२०७७ सालमा दर्सना लगाएत गाउँका अन्य कृषक महिला दिदीबहिनीहरुले “कोल्चौर महिला कृषक समूह” आबद्व भई कृषि समूह गठन गरी कृषि क्षेत्र बिकास कार्यक्रममा प्रस्तावना पेश गरे र त्यस पछी २०७७-०३-२७ गतेका दिन बेमौसमी तरकारी मूल्य शृंखला कार्यक्रममा सहलागानी गर्ने सम्झौता पश्चात टनेल निर्माण गरि तरकारी उत्पादन गर्न थाले र उब्जनी भएको तरकारीलाई नजिकैको खलङ्गा बजारमा लगि बेच्न थाले पछी उनी लगाएत गाउँका समुहमा भएका अन्य दिदिबहिनिहरुले पछाडी फर्केर हेर्नु परेको छैन, उनले भनिन् | कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा ५०% अनुदानमा प्लास्टिक टनेल, थोपा सिंचाई सेट, जैविक बिषादी ड्रम, बिउबिजन तथा अन्य सामग्री लगाएत प्राविधिक तालिमले रोग किरा नियन्त्रण गर्ने बिधि पनि थाह पाए र आफ्नो बारीमा बेमौसमि तरकारी खेति सुरु गरि स्थानिय बजार (खलङ्गा र रिम्ना) बजार सम्म पुराउन थाले |
उनी भन्छिन “सुरुमा १/२ रोपनी जग्गामा विभिन्न प्रकारका बेमौसमी तरकारी फलाए र बेचे पछी राम्रो आम्दानी भयो र अरु पनि तरकारी फलाउन प्रेरणा मिल्यो | त्यसपछि आफ्नो थप बारीमा पनि मौसमी तथा बेमौसमी तरकारी खेति सुरु गरेकी हु" बिभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारी खेति गरी बजारमा बिक्रि गर्दा राम्रो आम्दानी हुन थालेपछि अर्को पनि टनेल थप्ने निर्णय गरि अर्को टनेल थपी थप तरकारी उत्पादन गर्न थालेपछि उत्पादन पनि बढि भयो।व्यवसाय बढदै गएपछि अहिले उनको श्रीमानले पनि उनलाई तरकारी खेतीमा सहयोग गर्ने गरेका छन् | दर्सना भन्छिन “सुरुमा श्रीमानले व्यवसायमा सहयोग गर्न मान्नु हन्थेन् । यसरी श्रीमतिले संचालन गरेको कृषि व्यवसायलाई सहयोग गर्यो भने गाउँमा अन्य मानिसहरुले श्रीमतीको पछि लागेको भनेर कुरा काट्छन् कि भन्ने डर थियो । जब व्यवसायबाट आम्दानि हुन सुरु भयो यी सबै कुराहरु हटेर गए । अहिले आएर सबै लागेर गर्यो भने कृषि पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने भएपछि संगसंगै सघाउन थाल्नुभएको छ । अहिले उत्पादित तरकारीहरू बजारमा लगेर बिक्रि गरिदिने, आफुले नभ्याउदा घरको काममा सघाउने गर्नुहुन्छ । यसले मलाई सहज भएको छ, उनले भनिन् ।
अहिले उनीहरुले बार्षिक झण्डै १ लाख देखि १ लाख ५० हजारसम्म आम्दानि गर्ने गरेको बताउछन् | त्यसैगरी अहिले त बचत पनि गर्न थालेको र विभिन्न वित्तीय संस्थामा आबद्व भइ करिब ५० हजार रुपैया बचत गरिसकेको उनी बताउछिन् | अन्तमा कृषि क्षेत्र बिकास कार्यक्रमसंग जोडिन पाउनु आफ्नो जीवनको ठुलो उपलब्धि भएको भन्दै कृषि क्षेत्र बिकास कार्यक्रमले आफ्नो जीवनमा परिवर्तन ल्याउन सहयोग गरेकोमा धन्यवाद दिन चाहान्छु।
लेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत