प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

लैङ्गिक कार्य सिकाई पद्दती (GALS) ले जागरुक बनाउदै
2023-02-15

नेपालको दुर्गम मानिने कर्णाली प्रदेश जहाँ विकासका प्रयासहरुको प्रशस्त खाँचो छ, अहिले पनि कर्णालीका अधिकांश महिलाहरु पिछडिएको अवस्थामा रहेको देखिन्छ तसर्थ उनीहरुलाई मुलधारमा ल्याउन विभिन्न क्षमता अभिवृद्धि लगायतका सचेतनामुलक कार्यक्रम लागु गरि महिला सशक्तिकरण गर्नु अहिलेको आवश्यकता हो । । कृषि क्षेत्र विकास कार्यक्रमले मूल्य श्रृखंलामा आवद्ध रहेका विपन्न, सिमान्तकृत वर्ग तथा सामाजिक र आर्थिक रुपले पिछडिएका समुहका सदस्यहरुलाई लैंङ्गिक कार्य सिकाई पद्धती (GALS) को माध्यमवाट उनीहरुको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन कार्यक्रम समन्वय कार्यालय तथा विभिन्न ३ इकाई कार्यालय मार्फत लैङ्गिक कार्य सिकाई विधि समुदायमा लागु गरिएको छ । जस अन्तरगत सल्यान इकाईले बागचौर नगरपालिकाका २ वटा समुहमा २०७७ साल देखि नै छलफल तथा घरपरिवार र सहजकर्ता छनौट गरि २०७८ देखि यो विधि संचालन गर्दै आएकोछ भने हाल २०७९ साल असार महिनादेखि देखि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको ६ वटा समुहसंग सम्झौता गरि कार्यक्रम सुरु गरेको छ ।

कृषि क्षेत्र विकास कार्यक्रमले नमूना कार्यक्रमको रुपमा १ हजार संकटासन्न घरपरिवारमा घरपरिवार तहको विधि अर्थात जेन्डर एक्सन लर्निङ्ग सिस्टम (GALS) को अवलम्वन गर्ने लक्ष्य लिएको छ । यो विधि समुदायको नेतृत्व, समानता र लैङ्गिक न्यायको प्रवर्द्धन र सशक्तिकरण गर्ने विधि हो । यसले घरपरिवारका सदस्यहरुलाई उनीहरु विपन्न किन छन् भन्ने कुरा बुझ्न र लैङ्गिक भूमिका र सम्बन्धहरुको विभेदलाई अनुभूति गर्न सहयोग गर्ने छ । लैंङ्गिक कार्य सिकाई पद्धती (GALS) लाई समुदायमा आधारित सशक्तिकरणको विधिको रुपमा लिईन्छ । यस विधिले सहभागितामूलक तरिकाबाट लैंङ्गकि रुपान्तरण तथा मुलप्रवाहिकरणको कुनै पनि समस्याको समाधानको लागि समेत महत्वपुर्ण भुमिका खेल्दछ । साथै यस विधिले समुदायका महिला र पुरुषको व्यक्तिगत तथा सामुहिक दृष्टि बनाउन समेत मद्धत गर्दछ । यस विधिले एक आपसमा सहयोगको भावना पैदा गर्दछ । महिला र पुरुषले पुग्न चाहेको वा देखेको सुनौलो सपनामा पुग्न के कस्ता क्रियाकलाप गर्नु पर्दछ, के कस्ता योजनाहरु हुन्छन, के कस्ता अवसर तथा चुनौतीहरु हुन्छन त्यसको समेत विश्लेषण गर्न सहयोग गर्दछ । यसै गरि यस विधिले लैङ्गिक विभेद तथा सामाजिक समस्यालाई कम गरि अधि बढन मद्धत गर्दछ । यो विधिको प्रतिपादन Linda Mayox ले गरेका हुन, GALS खास गरी कृषि विकासका लागि अन्तराष्ट्रिय कोष -IFAD_ को सहयोगमा अक्सफाम (OXFAM) नोभिबद्धारा सन् २००७ मा युगान्डावाट परिक्षण सुरुवात गरिएको थियो । यस पद्धतिमा कुनै पनि अंक तथा अक्षर लेखन नगरी सम्पुर्ण विधिको विषय वस्तु तथा अभ्यास चित्रको माध्यमवाट सिकाईन्छ । समुदायमा अभ्यास गरिएका विधिहरुमा सुनौलो सपनाको यात्रा (Road Vision Journey), खुसी परिवारको रुख (Happy Family Tree) र सामाजिक/नेतृत्व सशक्तिकरण नक्सा (Leadership Empowerment Map) रहेको छ ।

करिब डेढ बर्ष अगाडी सल्यान इकाईले बागचौर नगरपालिकाको वडा नं.-३, थाराचौरका सयपत्री बाख्रापालन समुह र वडा नं.-५, आलाका हरियाली महिला बाख्रापालन कृषक समुहवाट ४/४ जना गरि ८ जना महिला सदस्यलाई सहजकर्ता छनौट गरि ६ दिनको तालिम दिए पश्चात समुहवाट GALS विधिका लागि छनौट भएका दुवै समुहका घरपरिवारलाई समुदाय स्तरमा ५ दिने सिकाई कक्षा संचालन गरि घरधुरीमा गई सहजकर्ताले सहजिकरण गरि सो विधि सिकाउने गरिएको छ । यो विधि समुदायमा लागु भएपछि समुहका महिलाहरु एकदमै उत्साहित भएर आफ्नो सचेतना तथा क्षमता बढाउन लागेको देखिन्छ । GALS विधिमा संलग्न सयपत्री बाख्रापालन कृषक समुहकी एकजना सदस्य नन्दकली भण्डारी, GALS विधिमा संलग्न भएको एक बर्ष भन्दा बढी भयो र उनले GALS विधि मार्फत आफ्नो ‌ज्ञान तथा क्षमता वृद्धि भई सचेतनाको स्तर बढेको र आफु यस विधिवाट आफ्नो जिवनमा सकारात्मक परिवर्तन खोजेको कुरा भन्छिन । उनी भन्छिन, GALS अन्तरगतको सुनौलो सपनाको यात्रा विधिले जिवनमा लक्ष्य राखि योजनावद्ध तरिकाले क्रियाकलापहरु गर्दै जादाँ आफुले चाहेको अवस्थामा पुग्न सकिने रहेछ, महिलाहरु पनि उत्पादनशिल काममा लागि घरपरिवार तथा समुदायमा आफ्नो सम्मान र भुमिका स्थापित गर्न सकिने रहेछ । उनी थप्छिन, सिकेर मात्र हुदैन जीवनमा लागु पनि गर्नु पर्ने रहेछ र अहिले मैले त्यहि नै गरेकी छु । पहिला २ वटा बाख्रा, थोरथोरै अन्न तथा तरकारीबाली लगाउने गरेकी थिए तर अहिले व्यावसायिक रुपमा उत्पादन गर्ने काममा लागेकी छु । हाल बाख्रापालन, तरकारी खेती उनको मुख्य आम्दानीको स्रोत बनेको छ। अहिले उनीसंग १५ वटा खसी बाख्रा छन, केहि महिना अगाडी उनले ४ वटा खसिबोका बिक्री गरि ७० हजार आम्दानी गरेको उनी बताउँछिन, त्यस्तै तरकारीवाट पनि उनको राम्रो आम्दानी भएको छ, एक सिजनमा उनले करिब ६५ हजारको तरकारी बिक्री गरेकी छन, जसमा काउली, बन्दा टमाटर र खुर्सानी आदि। उनले अदुवाको सुठो मात्र बचेर २१ हजार आम्दानी गरेकी छिन । उनको व्यवसायबाट हाल दैनिक १५ सय देखि ५ हजार सम्म आम्दानि हुने गरेको उनले बताईन् ।

व्यवसाय फस्टाउदै गएपछि भारतमा मजदुरी गर्न जाने छोरा अहिले आफनै व्यवसायमा संलग्न रहि काम गर्न पाउदा परिवारमा खुशियाली छाएको छ उनले भनिन । मेहेनत गरे नहुने के नै रहेछ र, परिश्रमले अहिले आफनै बारीको उत्पादनले आम्दानि हुन भएको छ । यसरी व्यवसायमा संलग्न हुदाँ एकातिर आफनो ज्ञान र क्षमतामा वृर्दि भएको ५ भने अर्कोतिर आम्दानी बढेको छ, यसले गर्दा घरपरिवारमा आफनो भुमिका र निर्णयमा भुमिका बढेको छ उनले खुशी हुदै भनिन् । अब आउने तरकारी सिजनको लागि तयारी गर्दै गरेको र यो सिजनमा पनि धेरै तरकारी उत्पादन गरि प्रशस्त आम्दानी गर्ने उनको योजना रहेको छ साथै कृषि क्षेत्र विकास कार्यक्रमले सुधारिएको खोर निर्माणमा सहयोग गरि किसानलाई बाख्रा सुधारिएको खोर निर्माण गरि पाल्नु पर्ने रहेछ भने सिकाएको जसले गर्दा बाख्रालाई रोग लाग्न कम हुने र उत्पादकत्व बढने हुन्छ तसर्थ आफुले विगत भन्दा बाख्रापालनमा वृद्धि गर्दै लगेको र अझ थप गर्ने कुरा उनले बताईन । उनको विचारमा GALS ले सशक्तीकरण मात्र नगर्ने भई आफ्नो जीवनको सपना र लक्ष्य सम्म पुग्न मद्दत गरि जीवनमा माया, सम्मान र खुशी पनि ल्याई लैङ्गिक विभेदमा पनि कमि ल्याउँछ । नन्दकली जस्तै GALS विधिमा संलग्न घरपरिवारहरुमा धेरै जसोको यस्तै बुझाई देखिन्छ, नन्दकली जस्तै यस विधिमा संलग्न थुप्रै महिलाहरुले पनि यस्तै परिवर्तनको महसुस गरेको भनाई छ । घरपरिवारहरुलाई सशक्तीरण गर्न, लैङ्गिक न्यायको प्रवर्द्धन र सकारात्मक परिवर्तन ल्याउन कृषि क्षेत्र विकास कार्यक्रमले समुहमा करिब २ बर्ष ६ महिना सम्म यो विधि संचालन गर्ने योजना राखेको छ । यस विधिमा लागेका घरपरिवारहरुमा सचेतनामा अभिवृद्धि र पारिवारिक सहकार्य तथा मेलमिलाप बढेको देखिन्छ।

संकलन तथा लेखन
सन्तोष दुवे
लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, सल्यान