प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

नमुना पोषण बगैचा, आम्दानीसंगै पोषिलो खाना
2023-02-21

बराहताल- ५ रक्सेनी सुर्खेतका अगुवा कृषक डिल्लीराम बन केहि वर्ष अगाडी देखि नै ब्यबस्थित करेसाबारीको सपना बटुल्दै बिहान बेलुकाको छाकको लागि भान्सामा आबश्यकपर्ने खाद्यबस्तुहरु आफ्नै खेतबारीमा उत्पादन गर्न सधै प्रयत्नरत देखिन्थे, उहाँको घर आगनमा रहेको करेसाबारी पूर्ण नभएपनि ब्यबस्थित बन्नका लागि प्रयासरत देखिन्थ्यो, कृषि कार्यमा आफु पनि तल्लिन रहने र अरुलाई पनि प्रेरणा दिने बनले सधै खेतबारिहरुमा चिहाइ रहनुका साथै अनेकन सम्भावना देखिरहने र छरछिमेकमा पनि कृषि सम्बन्धि चासो देखाई रहने हुनाले प्राय गाउँमा आउने कृषि सम्बन्धि हरेक कार्यक्रमहरुमा उहाँलाई संलग्न रहन सहज भईरहेको कुरा स्थानीय बासिहरुले सुनाउने गर्दछन l बराहताल- ५, सुर्खेतमा स्थापित सिद्देश्वर कृषि तथा पशुपालन सहकारी संस्थामा आबद्व डिल्लीराम बनले सहकारी र कृषि क्षेत्र कार्यक्रम बिचमा पनि असल कृषकको भूमिक निर्बाह गरिरहेको अवस्थामा कार्यक्रमका सबै सम्भाग र सह सम्भाग अन्तर्गत पर्ने क्रियाकलापहरुमा उहाँको अर्थपूर्ण सहभागिताको कारण पनि नमुना पोषण बगैचा प्रदर्शन गर्ने जिम्मा बनलाई जानसक्ने सम्भावना थियो l

कृषि क्षेत्र बिकास कार्यक्रमले पोषण सह-संभाग अन्तर्गत काम गरिरहेको पोषण पाठशाला, पोषण कोशेली तथा पोषण बगैचा स्थापना र अन्य मुख्य सम्भागहरु अन्तर्गत महिला सशक्तिकरण, कृषि पूर्वाधार निर्माण, आय-आर्जनका लागी र दिगो तथा समाबेशी कृषि मुल्य शृंखला विकास जस्ता कार्यक्रमहरु संचालित हुदै गर्दा पोषण सम्बेदनशील कार्यक्रमको रुपमा संचालित यस कार्यक्रमले सिद्देश्वर सहकारीमा एउटा नमुना पोषण बगैचा पनि स्थापना गर्ने कार्यक्रम रहेकोले उक्त नमुना पोषण बगैचा डिल्लीराम बनको बारीमा स्थापना गर्ने निर्णय गर्यो l कार्यक्रम कै पहिलो नमुना पोषण बगैचा भएकोले कार्यक्रमको मीडिया भ्रमण तथा अनुगमन गर्दा यस नमुना पोषण बगैचाबाट पोषण आपूर्तिका साथैं आय आर्जन पनि प्राप्त भैरहेको समाचार नेपाल टेलिभिजन बाटपनि प्रसारण भएको थियो l गत आर्थिक बर्षमा यस नमुना पोषण बगैचाले कृषि क्षेत्र विकास कार्यक्रम बाट रु २५,००० (पच्चिस हजार) रकम अनुदान प्राप्त गरेर कृषक समूहलाइ सानो सानो लगानी बाट पनि घर आगनमा रहेको करेसा बारीलाई सामान्य तरिकाले ब्यबस्थित गरेर पनि पोषण बगैचा बनाउन सकिने र यसलाइ बहु लाभप्रदायक पोषण बगैचामा बिकास गर्न सकिने गतिलो उदहारण दिएको छ l लगानी थप गरेर बनाउन सकेमा पोषण प्रबर्दन र ब्यबसाय संचालन दुवै उद्देश्य सजिलैसंग पुरा गर्न सकिने सम्भावना पनि यस बगैचाले देखाएको छ l

नमुना पोषण बगैचामा अगुवा किसान बनले विभिन्न १२ प्रकारका तरकारी तथा मसला बालिका साथै विभिन्न फलफुलहरु रोपेर जमिनको नामाकरण नै पोषण बगैचा भनेर गरेका छन् l पोली हाउस र खुला जमिन तथा करेसाबारीमा विभिन्न किसिमका क्यारीहरु तयार पारेर मौसमी तथा बेमौसमी तरकारी बालिहरु, जरेबालीहरु, हरिया सागपात, लहरे तरकारी, तने बोडीका साथै मसलाबाली र औषधिजन्य बिरुवा आदि उत्पादन गरेर अर्गानिक उत्पादन उपभोग गर्ने प्रेरणाको रुपमा यो बगैचाले नेतृत्व प्रदान गरिरहेको छ l पोषण बगैचाको नमुना प्रदर्शन गरेर बातावरण सुधारमा पनि यो बगैचाले योगदान पुर्याएको छ, गोबर ग्यासको प्रयोग, प्राङ्गारिक मल उत्पादन, पत्रुखाना निरुत्साहन तथा अर्गानिक खानेकुराको उपभोगमा बढावा, दिनहु कम्तिमा पहिचान गरिएका १० मध्ये पाचवटा खानेकुराको उपभोग गर्न यस बगैचाले सहज गरेको नमुना पोषण बगैचाका किसान डील्लीराम बन बताउछन l समुहमा पोषण कक्षा संचालन गर्दा कक्षामा नै पोषण सम्बन्धि विशेष कक्षाहरु संचालन हुने हुदा पोषण बगैचा प्रति आकर्षण बढेर थप ज्ञान बढ्नु, नमुना पोषण बगैचाले नमुनाकै रुपमा आफ्नो धरातल निर्माण गर्नु, पोषण कोशेलीले लिएको पोषण बहाबलाई सार्थक तुल्याउनुले पनि पोषणमैत्री सामाजिक धरातलको निर्माण हुन गएको छ l पोषिलो खाद्यबस्तु उत्पादन र आपूर्तिका साथै गएको आर्थिक वर्षमा झन्डै २५ हजार भन्दा बढी आम्दानि भयो उनले भने l

नमुना पोषण बगैचाको अबधारणाबाट पाठ सिकेर कृषि बस्तु उत्पादन गर्ने अर्को जमर्को पनि यहाँ स्थित सिद्देश्वर कृषि तथा पशुपालन सहकारीले कार्यक्रमबाट संचालित कृषि प्रसार सेवा केन्द्र मार्फत झन्डै आधा बिघा जमिनमा आलु, काउली, बन्दा, प्याज आदि जस्ता तरकारीहरू पनि उत्पादन गर्न शुरु गरिरहेको छ, जसले गर्दा कार्यक्रमको पोषण सम्बेदनशीलतामा पनि थप टेवा पुर्याई महिला तथा किशोरी पोषणमा आवश्यक खाद्य सुरक्षाको उपलब्धता गराउन सहयोग पुग्ने छ l हालै मात्र सम्पन्न भएका तिन वटा वित्तीय साक्षरता शिक्षा तथा ब्यावसायिक साक्षरता कक्षा संचालित समुहले आफ्नो समापन कार्यक्रममा पोषण पाठशाला अन्तर्गत पर्ने पोषिलो खाद्य प्रदर्शनी कार्यक्रममा, प्रदर्शनीमा प्रयोग हुने तरकारीजन्य साम्रगीहरु यस नमुना पोषण बगैचाले उपलब्ध गराएको छ l एक घर एक पोषण बगैचा भन्ने मूल मन्त्रका साथ् यस सिद्देश्वर कृषि तथा पशुपालन सहकारी संस्था अन्तर्गत पर्ने विभिन्न उत्पादन समुहका सम्पूर्ण महिला सदस्यहरुले आ-आफ्नो घर आगनमा उपलब्ध जमिनलाई पोषण बगैचामा प्रयोग गरेर पोषण पाठशालाबाट प्राप्त हुने पोषण कोसेलीको सहि सदुपयोग गरेका छन् भने दिनहु आबश्यक पर्ने तरकारीहरु र हरिया सागपात जस्ता पोषिलो खानाहरु आफ्नै पोषण बगैचामा उत्पादन गर्ने चलनको तिब्र बिकास पछि समाजमा महिला र किशोरीहरुको खाद्य तथा पोषण सुधार भईरहेको छ l आत्मनिर्भर खाद्य सुरक्षा र कृषिबाट आम्दानीको सुरुवात हुनुका साथै महिलाहरुलाई घरायसी कामको खर्च बोझ कम गर्न नमुना पोषण बगैचाले थप आधार र उत्प्रेरणा दिने काम पनि गरेको छ l हरेक घर र चुलो भान्सामा आबश्यक पर्ने खाद्यबस्तु उपलब्ध गराउनमा पोषण बगैचा नै उत्तम माध्यम रहेको र महिलाहरुले प्राप्त गरेको कृषि प्राबिधिक तालिम, पोषण कोसेली एबम हाइब्रिड बिउ बिजनहरुको उपयोगबाट बारीहरुमा पहिलाको भन्दा फरक र राम्रो उत्पादन प्राप्त भएको र यसले महिलाहरुको आधारभूत पोषण प्राप्त गर्नमा निरन्तर सकारात्मक भूमिका खेलिरहेको देखिन्छ, जसबाट खाद्य असुरक्षाबाट पर्ने प्रतिकुल असरहरु महिला तथा बालबालिका कुपोषण, मातृ शिशु कुपोषण, किशोरीहरुलाई आइरनको कमीले हुने रक्तअल्पता, पोषणको कमीले हुने न्यून मष्तिस्क बिकास, कम औषतआयु, कम तौल र उचाई भएका शिशु, दिर्घकालिन रोग ब्याधिहरु आदि जस्ता समस्याहरुको न्यूनीकरण गर्न पनि नमुना पोषण बगैचा र पोषण कोशेलीहरुले अग्रणी भूमिका खेलिरहेको छ ।

यो नमुना पोषण बगैचाले हरेक बार खाना चार आवश्यक पर्ने विभिन्न तरकारीहरू, जरे बालिहरु, कन्दमुल, आदि उत्पादनहरु उपलब्ध गरेर पोषण बगैचाहरुलाई सार्थक बनाउन सन्देशमुलक, ज्ञानवर्द्वक र उत्प्रेरणा मुलक जस्ता महत्वपुर्ण कार्यहरु गर्नुका साथै आय-आर्जनको विकास तर्फ पनि गतिलो उदरहरण बनेको छ, जसले गर्दा बहु लाभप्रदायक नमुना पोषण बगैचाको रुपमा यसलाई लिन सकिने कुरामा एकमत राख्न सकिन्छ l

लेखनः
राजेन्द्र प्रसाद गिरी
पोषण विज्ञ, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत